भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अबको केही बेरमा जनकपुरमा अवतरण गर्ने कार्यक्रम रहेको छ । मोदीको अभिनन्दन समारोहमा सहभागी हुने सर्वसाधारणहरुको यतिबेला घुइँचो अत्यधिक भएपछि प्रहरीले भिड नियन्त्रणका लागी बल प्रयोग गर्दै लाठीचार्ज गरेको छ ।

जनकपुरको रंगभूमि मैदान प्रवेशस्थल साँघुरो भएकाले भित्र प्रवेश गर्न सर्वसाधारणलाई कठिनाइ भएका बेला कतिपय व्यक्ति बार नाघेर भित्र प्रवेश गरिरहँदा प्रहरीले उनीहरुमाथी लाठी बवर्षाएको हो ।

स्थानीय सरकारले एक लाख मानिसलाई मोदीको अभिनन्दन समारोहमा उतार्ने घोषणा गरेपनि अहिलेसम्म त्यो भिड भने नपुग्ने देखिन्छ ।

यस्ताे छ भ्रमणतालिका प्ररराष्ट्र मन्त्रालय स्राेतका अनुसार नेपालमा मोदीका ३० घन्टा यसरी बित्नेछन् :

बैशाख २८ गते शुक्रबार

बिहान ९:१५– हेलिकोप्टरबाट जनकपुरमा अवतरण। ९:३०– जानकी मन्दिरमा पूजा। १०:१५– बाह्रबिघा मैदानका लागि प्रस्थान। नागरिक अभिनन्दनमा सहभागी र सम्बोधन। दिउँसाे १:३०– हेलिकोप्टरबाट काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण, बौद्धस्थित हायात होटलमा प्रस्थान। साँझ ४:००– गार्ड अफ अनरका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान। ४:३५– उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटका लागि बहादुर भवन निवासमा। ५:००– राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न शीतल निवासमा। ६:००– महाराजगञ्ज, चाबहिल, गौशाला हुँदै द्वारिकाज होटलमा पुग्ने। त्यहाँ विभिन्न दलका नेताहरुसँग भेटघाट। बैशाख २९ गते शनिबार

बिहान ६:००– मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान। ८:३०– मुक्तिनाथमा पूजा। १०:३०– मुक्तिनाथबाट काठमाडौं फिर्ता। १०:४०– विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान। ११:३०– होटल हायात प्रस्थान। दिउँसाे २:००– महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान। साँझ ३:३०– नागरिक अभिनन्दन, नेपालका प्रधानमन्त्रीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *