२० भदौं । डलरको भाउ झनै महंगो भएको छ ।

आज १ डलरको नेपाली बजार भाउ १ सय १४ रुपैयाँ ८४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिद दर १ सय १४ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ८४ रुपैयाँ तोकेको छ ।

यसअघि गएको गएको शनिबार डलरको भाउ १ सय १३ रुपैयाँ ८९ पैसा पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निक्कै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी अर्थतन्त्र मजबुत बन्दै गएकाले पनि डलर महंगो हुँदै गएको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *