आजको राशिफल हेर्नुहोस : आज बिहिबार बैशाख ६ गते चतुर्थी, शुक्ल पक्ष

This Video will Forecast your yearly planetary movements that affect your life. Your Daily Forecast can predict: A Horoscope is a person’s Birth Chart or Natal Chart. The construction of the horoscope is based on the Ptolemaic system, in which the earth is stationary. Mesh Rashi-persons of this sign are solitary by nature; they have smiling faces and are less spoken and polite to others. Vrisha Rashi-people under this sign eldom lose temper, but when they do so they don’t care for the repercussions also they love music and adore jewellery and fine clothes . 

अमेरिकाको कोलोराडोमा सप्ताह पुराणको तयारी पूरा

नातिबाबु भट्ट

कोलोराडो, अमेरीका । नेपाली र नेपाली भाषी भुटानीहरुको बाक्लो बसोबास रहेको कोलोराडोमा नेपालीहरुको साझा सामुदायीक भवन निर्माणका लागी आर्थिक संकलन गर्ने उद्धेश्यले अयोजना गर्न लागेको श्रीमद्भागवत् महापुराणको तयारी अन्तिम चरणमा पुगेको छ।

नेपाली घरको संयोजन तथा कोलोराडोमा कृयाशिल सबै संघ संस्था र समाजसेवीहरुको आयोजनामा लगाउन लागीएको श्रीमद्भागवत् महापुराणको तयारी अन्तिम चरणमा पुगेको हो।

अरोरा शहरको १६०९ हावाना स्ट्रीट स्थित भिलेज एस्चेन्ज सेन्टरमा यहि अप्रील २८ देखी मे ५ तारीक सम्म पण्डित दिनबन्धु पोखरेलको उपस्थितीमा लगाइने महापुराणको तयारी अन्तिम चरणमा पुगेको नेपाली घरका अध्यक्ष लछुमण रानाले बताएका छन्।

अध्यक्ष रानाका अनुसार अहिले कोलोराडो स्थित हरेक बस्ती बस्तीबाट नेपाली तथा नेपाली मुलका नेपाली भाषीहरुको नामावली संकलन कार्यक्रम अन्तिम चरणमा पुगिसकेको छ । निमन्त्रणा कार्ड बितरण प्रकृया सुरु भईसकेको छ।

कार्यक्रमको पहलो दिन आयोजना गरिने कलश यात्राकोलागी कलश नेपालबाट आइपुगेको छ। कार्यक्रकलाई सफलताकासाथ सम्पन्न गर्न आर्थिक उपसमिती, पुजा ब्यावस्थापन उपसमिती, प्रचारप्रसार उपसमिती, खाना तथा बसोबास ब्यबस्थापन उपसमिती लगायतका उपसमितीहरु गठनगरी कार्य बिभाजन भई सकेको छ।

अहिले बिभिन्न समिती र उपसमितीहरुले सप्ताहलाई सफलताका साथ सम्पन्न गर्न जोड तोडका साथ काम आगाडी बढाई रहेको उनले बताएका छन्। हाम्रो हिन्दु परंपरा अनुसार श्रमिद् भागवत् सप्ताह लगाएको स्थानमा आफ्ना दिवंगत पितृको संझनामा कलश स्थापना गरि सात दिनसम्म मन्त्र श्रवण गराएमा पितृ आत्माले चिर शान्ति प्राप्त गर्दछ भन्ने धर्मसास्त्रमा उल्लेख गरिएको छ।

त्यस्तै पुराणको समापन पछि उक्त कलसमा भएको जल घरमा लगी चोटा कोठामा सेचन गराएमा घर पवित्र हुने धार्मिक बिश्वास रहिआएको छ। त्यसैले आयोजकले केही कलसका ब्यावस्थागरी अग्रिम बुकिङ्ग खुल्ला गरिसकेको छ। सिमीत संख्यामामात्र कलस भएकोले समयमै कलस बुकि¨ गराउन आयोजकले सबैलाई अनुरोध गरेको छ।

त्यस्तै कर्ताहुन चाहनुहुने र महाआरती गर्न चाहनुहुने सबैले ७२०–९३७ – ३६६३ मा सम्पर्क गरी नाम टिपाउनु हुन अनुरोध गरिएको छ। नेपाली समुदायको बर्षौ अघि देखिको सपना साकार पार्ने यस पुनित कार्यलाई सफलाताका साथ सम्पन्न गर्न महापुराणको सात दिने अवधिलाई एक पर्वको रुपमा मनाउन कोलोराडो निवासी सबै नेपाली र नेपाली भाषी समुदायलाई आयोजक समितीको अनुरोध छ।

समितीले हरेक दिन दिउसो २ बजेदेखी साझ ८ बजेसम्म बाचन हुने महापुराणको अवधिमा काममा बिदा मिलाई हरेक दिनको भागवत् पुराण श्रवणगरी आध्यात्मिक ज्ञान प्राप्त गर्ने बातावरण बनाउनुहुन र यथा सक्य दानगरि पुण्य आर्जनगर्न सबैलाई हार्दिक अनुरोध समेत गरेको छ।

आयोजकले समितीले कोलोराडो निवासी सबैको हातहातमा निमन्त्रणा कार्ड पु-याउने लक्ष लिएको छ। यदि कुनै कारणबस निम्ता नपुगेपनी यसैलाई निम्ता मानी कार्यक्रममा सहभागी हुन तथा खवर पाउनु हुनेले नजिकका छिमेकी साथी संगीलाई खवर गरिदिनुहुन अध्यक्ष मण्डलका सदस्य बिष्णुबहादुर श्रेष्ठले कोलोराडो निवासी सबैलाई अनुरोध गरेका छन्।

तातोपानीमा नाकाबन्दी गरेर चिनियाँ रेलको सपना !

सिन्धुपाल्चोकस्थित तातोपानी नाका खोल्न नेपालीहरुले चीन सरकारसँग आग्रह गरेको दुई वर्ष बितिसक्यो ।

अहिलेसम्म चीनले नेपाली पक्षको अनुनय सुनेको छैन । यसैबीच बुधबार बेइजिङमा दुई देशका विदेशमन्त्रीहरुले ‘क्रस हिमालय कनेक्टिभिटी’को गफ गरेका छन् ।

अहिलेसम्मको चिनियाँ रणनीति हेर्दा ऊ तातोपानी नाका खोल्ने पक्षमा देखिँदैैन । चिनियाँ नेताहरु मुखले हुन्छ-हुन्छ भन्छन् तर, व्यवहारतः यो नाका खोल्ने मुडमा अहिलेसम्म देखिएका छैनन् ।

नेपालको उत्तरी सीमामा रहेको महत्वपूर्ण व्यापारिक नाका वर्षौंदेखि थुनेर अन्तर हिमालय रेलमार्गको कुरा गर्नु भारतसँग पानीजहाजको कुरा गर्नुजस्तै हो । यो एकप्रकारले चीनले नेपालमाथि गर्दै आएको नाकाबन्दी नै हो ।

नेपाल-चीन सम्बन्धको पहिलो मानक

नेपाल र चीनबीचको पुरानो व्यापारिक नाका तातोपानी नै बन्द गर्ने हो भने चीनले नेपालप्रति सदभाव राखेको छ भन्ने अर्को कुनै मानक हामीसँग हुने छैन ।

काठमाडौंसँग छोटो दुरीले जोडिएको यो नाका नेपालका लागि निकै नै महत्वपूर्ण छ । भारतसँगको शक्ति सन्तुलनका लागि पनि नेपाललाई यो नाका अपरिहार्य छ ।

विगतमा भारतले नाकाबन्दी गरेका बेलामा चीनले यो नाका सहज बनाइदिएको भए नेपालीहरुले उकुस-मुकुस महसुस गर्नुपर्ने थिएन । तर, चीनले तिब्बतियन पृथकतावादीहरुको घुसपैठको बाहना बनाएर तातोपानी नाका बन्द गर्ने काम अहिलेसम्म गर्दै आएको छ ।

नेपालको उत्तरी सीमामा रहेको महत्वपूर्ण व्यापारिक नाका वर्षौंदेखि थुनेर अन्तर हिमालय रेलमार्गको कुरा गर्नु भारतसँग पानीजहाजको कुरा गर्नुजस्तै हो । यो एकप्रकारले चीनले नेपालमाथि गर्दै आएको नाकाबन्दी नै हो ।

भूकम्पका बेला बाटो भत्किएको बाहना बनाएर यो नाका थुनिएको भए पनि अन्तर्यमा चीनले आफ्नो सुरक्षा मामिलाको बाहनामा महत्वपूर्ण व्यापारिक नाका थुनिरहेको छ ।

केरुङ नाकामा पनि चिनियाँ सास्ती

तातोपानी नाका बन्द भएपछि काठमाडौं र नेपालका अन्य भागमा आउने चिनियाँ मालसामान रसुवाको केरुङ नाकाबाट आइरहेको अवस्था छ । तर, काठमाडौंका लागि तातोपानी भन्दा केरुङको रुट निकै टाढा पर्न जान्छ । यहाँको बाटोको अवस्था पनि निकै खराब छ ।

तर, अहिले केरुङ नाकामा पनि चिनियाँहरुले नेपालीलाई सास्ती दिइरहेका छन् । तातोपानी नाका बन्द नहुँदासम्म केरुङमा नेपालीहरुले पाउँदै आएको वान डे पास (एक दिने इजाजत) अहिलेसम्म रोकिएको छ । रसुवा जिल्ला बाहेकका नेपाली कन्टेनर चालकहरुलाई चीनले मितेरी पुलबाट पारि जान दिँदैन ।

नेपाली पक्षले सीमापारीका चिनियाँ अधिकारीहरुसँग केरुङ नाकामा वान डे पास खोल्न बारम्बार आग्रह गर्दै आइरहेका छन् । तर, उनीहरुले माथ्लो लेबलबाट यसबारे निर्णय हुनुपर्ने बताउँदै बेइजिङ र काठमाडौंबाटै यसको पहल हुनुपर्ने जवाफ दिँदै आएका छन् ।

यसको अर्थ केरुङको वान डे पास बन्द गराएको तिब्बतको प्रान्तीय सरकारले नभएर सी जिनपिङ नेतृत्वको केन्द्र सरकारले नै हो ।

नेपालले चीन सरकारको वान बेल्ट वन रोड प्रोजेक्टलाई समर्थन जनाइसकेको छ । नेपालले एक चीन नीतिलाई मान्दै आएको छ र नेपाली सीमामा उसको सुरक्षा चासोलाई ध्यान दिँदै आएको छ । तर, यसको विपरीत चीन सरकारले उत्तरी सीमामा नेपालीमाथि अझै पनि सास्ती दिन छाडेको छैन । तातोपानी नाका बन्द हुनु र केरुङमा वान डे पास बन्द हुनु चीनले नेपालमाथि गरेको अन्यायका दृष्टान्त हुन् ।

यतिबेला परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पाँचदिने चीन भ्रमणमा छन् । उनले पक्कै पनि तातोपानी नाका खोल्नेबारे चिनियाँ अधिकारीहरुसँग कुरा गरेकै हुनुपर्छ ।

यसका साथै रसुवाका प्रमुख जिल्ला अधिकारीले हरेक संयुक्त बैठकहरुमा सुल्झाउन नसकेको केरुङको ‘वान डे पास’ खोलाउने बारेमा पनि मन्त्री ज्ञवालीले चीन सरकारसँग माग राखेकै हुनुपर्छ ।

मन्त्री ज्ञवालीको भ्रमणपछि पनि केरुङमा वानडे पास खुलेन र तातोपानी नाका खोल्न चीनले तदरुकता देखाएन भने चीन सरकार पनि भारतले जस्तै नेपाललाई सताउन चाहन्छ भनेर निश्कर्ष निकाल्नुपर्ने हुन सक्छ ।

दुबै देशको गतिविधि र व्यवहार हेर्दा चीन र भारत दुबै देशले तातोपानी नाका तराईसँग जोडिएको हेर्न रुचाएका छैनन्, जुन एउटा सार्वभौम देश नेपालमाथिको सँधियारहरुको थिचोमिचो हो ।

हुन त चिनियाँहरुले नेपालको सीमामा रहेका तिब्बती बस्ती र सडकको व्यवस्थापन गरेपछि नाकाहरु सहज रुपमा खोलिने बताउँदै आएको अवस्था छ । तर, त्यो प्राविधिक विषयले मात्रै चिनियाँ नाकाहरुमा उसले कडाइ गरेको जस्तो देखिँदैन ।

नेपालीहरुले चीनको दुहाइ दिँदै भारतसँग चिनियाँ कार्ड खेल्न खोजे पनि चीनले पछिल्ला दिनहरुमा नेपाललाई भन्दा भारतलाई बढ्ता महत्व दिँदै आएको देखिन्छ । लिपुलेक प्रकरण यसैको एउटा उदाहरण हो ।

भारत सडक बनाउन नदिने, चीन नाकाबन्दी गर्ने

काठमाडौंबाट सिन्धुली हुँदै तराई जोड्ने वीपी राजमार्ग चार लेनको बनाउन नदिने भारतीय दबाव आएको सिंहदरबारमा सरकारी अधिकारीहरु बताउने गर्छन् । त्यसैको प्रतिफलस्वरुप त्यहाँको सडक साँगुरो बनेको छ ।

र, सोही सडकले हिमाल र तराईलाई जोड्ने तातोपानी नाका चीनले सदाका लागि बन्द गर्न खोज्नुले सो भूगोलमा भारत र चीन दुबैको स्वार्थ अघोषित रुपमा मिलेको देखिन्छ ।

दुबै देशको गतिविधि र व्यवहार हेर्दा चीन र भारत दुबै देशले तातोपानी नाका तराईसँग जोडिएको हेर्न रुचाएका छैनन्, जुन एउटा सार्वभौम देश नेपालमाथिको सँधियारहरुको थिचोमिचो हो ।

कतै लिपुलेकमा भारत र चीन मिलेजस्तै तातोपानी नाकाबाट नेपाललाई त्रिदेशीय मार्ग नदिनेमा पनि भारत र चीनवीच आपसी समझदारी त भएको छैन ? यो गम्भीर अनुसन्धानको विषय हो ।

आशा गरौं, मन्त्री ज्ञवालीले चीनबाट र्फकंदा रेलको सपनामात्रै मात्रै होइन, तातोपानी र केरुङ नाकामा नेपालीले राख्दै आएका मागहरुको सहजीकरण गरिएको खबर पनि सुनाउने छन् ।

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!