मोदीले नेपालमा प्रवेश गर्नैलाग्दा जानकी मन्दिर बन्यो सुनसान, जनकपुरको आकासमा हेलिकप्टरको व्यापक पेट्रोलिङ….

भारतीय प्रानमन्त्री रेन्द्र मोदी अबको केही बेरमा जनकपुरमा अवतरण गर्ने कायर्एक्रम रहेको छ । नेपालको २ दिने धार्मिक एवं राजकीय भ्रमणमा आउँदै गरेका मोदी अहिले केही बेरमा भारतको पटनाबाट सीधै जनकपुर आउन लागेका हुन् । भारतीय वायुसेनाको हेलिकोप्टरमा जनकपुर हुँदै काठमाडौँ र मुस्ताङसम्मको भ्रमणमा आउन लागेका मोदीले नेपालमा करिब ३० घन्टा बिताउनेछन्।

यसैबिच मोदीको स्वागत र सुरक्षार्थ जनकपुरलार्इ सफाचट गरी सिँगारिएको छ भने जानकी मन्दिर परिसरमा सर्वसाधारणलार्इ प्रवेश निषेध गरिएको छ । मोदी नेपाल आउन अब केही मिनेटमा मात्र बाँकी छँदा जनकपुरको आकासमा हेलिकप्टरको व्यापक पेट्रोलिङका दृश्यहरु देखिएका छन् । मोदी अहिले १० बजेर १५ मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

आजको राशिफल वि.सं. २०७५ वैशाख २८ गते शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । गरेका काममा छिट्टै सफलता प्राप्त नहुँदा दिक्क लाग्नेछ । खर्चालु समय छ, चिताउँदै नचिताएको कुनै क्षेत्रमा खर्च बढ्ने सम्भावना छ । सामाजिक सभासमारोहमा समय खर्च हुनेछ । गरेका काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – अकर्मण्यता र लापरवाहीका कारण बन्नलागेको कुनै काम अन्तिम समयमा बिग्रन पनि सक्छ, त्यसैले आज लगनशील र विवेकपूर्वक काम गर्नुपर्छ । चञ्चलता र घमण्डले अप्ठ्यारामा परिन्छ । ढिलो हुनसक्छ, तर सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । मुद्दामामिला र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सूर्यसुताय शनये नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक हुनेछ । सामाजिक कामबाट प्रशंसा पाउन सकिन्छ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्नै पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने समय छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – आज बिग्रिनै लागेको कुनै काम बन्न सक्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । मनमा आध्यात्मिक र वैराग्यका भावना सञ्चरण हुनसक्छन् । पारमार्थिक कामप्रति चासो बढ्ने छ । गरेको परिश्रमको ढिलो गरी प्रतिफल आउने छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाप्रति सजग रहनु राम्रो हुन्छ । व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहना थाती राखी काम गरेमा भाग्यबृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सानातिना काम र घरेलु समस्यामै अल्मलिएर आजको दिन व्यतीत हुनेछ । यात्राका क्रममा सचेत हुनुपर्छ । आठौं घरमा चन्द्रमाको उपस्थिति हुने भएकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आवेगमा आउनु ठीक हुँदैन । शीघ्र निर्णय र क्रोध आजका शत्रु हुन् । यद्यपि देशपरदेश र दूरदराजका क्षेत्रबाट लाभ मिल्नसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – बिहान गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मनमा हर्ष, आनन्द र प्रसन्नताको सञ्चार हुनेछ, विलासिताका भावनाहरू जागृत हुनेछन् । मावली, ससुराली वा कुनै मित्रको निम्तोमा सहभागी भइने छ । निर्णय क्षमताको प्रशंसा हुनेछ । प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कामदेवाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – सुरुमा पाँचौं चन्द्रमाले ज्ञानविज्ञान, अध्यात्म र दर्शनतर्फ आकर्षण बढाउने छ । बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विवाद सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा घुर्मैलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – प्रातःकालमा एक्लोपन र निराशा बढ्नाले मन एकतमासको हुनेछ । तर मूलतः आज बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय छ । त्यसैले बौद्धिक क्रियाकलाप, दर्शन र चिन्तनप्रति जसरी भएपनि समय निकाल्न सके राम्रो हुन्छ । हुन त बौद्धिक क्षमता राम्रो रहने छ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग आकासे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ वाग्देव्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अष्टमातृकाभ्यो नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – मनमा देखिएका निराशा र खिन्नता क्रमशः हट्दै जानेछ । बिहान मिश्रित प्रभाव प्राप्त हुनेछ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ । आफूले ताकेअनुरूप तुरुन्त काम नबने पनि अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । दिन ढल्दै जाँदा निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

इसाई धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीयसहित ६ जना पक्राउ

 क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेका दुई भारतीय नागरिकसहित ६ जनालाई तेह्रथुमको आठराई सङ्क्रान्तिबजारबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–१ बस्ने २८ वर्षीय दिनेश सुब्बा, दमक नगरपालिका–१ बस्ने २२ वर्षीय आशिष सुब्बा, दमक नगरपालिका–२ बस्ने २८ वर्षीय दीपक सुब्बा, दमक नगरपालिका–२ बस्ने ४४ वर्षीय मनतुला धिमाल, भारतको सिक्किम राज्य गान्तोक बस्ने ४० वर्षीय भूपाल राई र पश्चिम बंगाल राज्य बस्ने ३३ वर्षीय पवन राई रहेको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारले जनाएको छ ।

सङ्क्रान्तिबजारमा बुधबार दिउँसो क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेका धर्मावलम्बीलाई भारतीय नम्बर प्लेट भएको गाडीसहित स्थानीय सूचनाका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक डम्बर पुरीले बताए । पक्राउ परेकालाई बिहीबार सार्वजनिक गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, तेह्रथुम पठाइएको छ

माेदीकाे अागमनमा अाज काठमाडौंमा कहाँकहाँ हुँदैछ ट्राफिक जाम ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे काठमाडाैं अागमनका क्रममा सर्वसाधारणलार्इ सम्बन्धित रूटमा हिँड्न र गुड्न कडाइ गरिएकाे छ ।  भारतकाे पटनाबाट जनकपुर हुँदै अाज दिउँसाे काठमाडाैं अाउन लागेका माेदीकाे सवारी चल्न रूटमा सडक २५ मिनेटसम्म खाली गराइने ट्राफिक प्रहरीले जनाएकाे छ । मोदीको सुरक्षालाई ध्यानमा राखी उनको सवारी चल्ने रुटका सडक खाली गर्न लागिएको हो।

तपार्इ कुन समय कहाँ निस्कँदै हुनुहुन्छ, साे बारे रूटकाे ख्याल गरेर निस्कँदा शास्ती कम हुन सक्छ । अाज शुक्रबार र भाेलि  शनिबार सास्ती भोग्नेछन्। विभिन्न समयमा यी रूटहरू सर्वसाधारणका लागि अवरूद्ध हुनेछन्–

अाज दिउँसो १:३० मा माेदी जनकपुरबाट काठमाडौं उत्रने समयतालिका छ । उनी विमानस्थलबाट गौशाला, चाबहिल हुँदै बौद्धस्थित हायात होटलमा पुग्नेछन्, जसका कारण साे समय अाधा घण्टा जति साे रूटमा सर्वसाधारणलार्इ ट्राफिक जाम हुन सक्छ । मोदीको हेलिकोप्टर विमानस्थलमा अवतरण भएलगत्तै सिनामंगलदेखि सडक खाली गराइ मोदीको कार्गेड चाबहिल पुगेपछि मात्र सिनामंगलबाट सवारीसाधन चल्न दिइने ट्राफिक महाशाखाले जनाएकाे छ ।

दिउँसो ४ बजे मोदीलार्इ ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ । सम्मान ग्रहणका लागि उनी टुँडिखेल प्रस्थान  गर्ने क्रममा चाबहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर, माइतीघर, टुँडिखेलकाे रूट प्रयाेग हुनेछ । बेलुकाकाे समयमा उसै पनि ट्राफिक जाम हुने याे रूटमा माेदीका कारण एकाध घण्टा जाम हुन सक्छ ।

टुँडिखेलमा सम्मानकाे कार्यक्रम ५ मिनेटजति मात्र रहेकाले उनी ४:३० तिर उपराष्ट्रपति नन्दबहादुर पुनसँग भेट्न बहादुर भवनमा जानेछन् । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलार्इ भेट्न शीतल निवास जाने कार्यक्रम छ। यस अवधिमा पनि सो सडकखण्ड करिब १५ मिनेट अवरुद्ध हुने जनाइएकाे छ।

त्यस्तै शीतल निवासबाट मोदी बेलुका ६ बजे गाैशालास्थित हाेटल द्वारिकाजमा जानेछन् । साे समय महाराजगञ्ज, चावहिल, गौशाला रूटमा जाम हुन सक्छ । मोदीको सवारीका बेला कम्तीमा १० मिनेट तथा बढीमा २५ मिनेटसम्म सडक खाली गरिने ट्राफिक महाशाखाले जनाएकाे छ ।

मोदी नेपाल आउदा बिरोध गर्नीहरुले कान खोलेर सुन : जानकी मन्दिरलाई ५ अर्व र मुक्तिनाथ मन्दिरलाई २ अर्ब दिने मोदीको घोषणा !

मुस्ताङ, २७ वैशाख । प्रकृतिक मनोरम दृश्यले सजिएको हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थल हो । त्यससंगै यहाँस्थित मुक्तिनाथ मन्दिर धार्मिक महत्वको धरोहर मानिन्छ ।हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शनका साथै आसपासका चाँदी जस्तै टलक्क टल्कने हिमशृङ्खलाले मुस्ताङ आन्तरिक एवं बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बनेको छ ।

मुक्तिनाथसहित कागबेनी, दामोदर कुण्ड, गुम्बा, ऐतिहासिक ठिनी गाउँ र तिब्बती संस्कृतिका जीवन्तस्थलहरू यहाँका प्रमुख पर्यटकीय आकर्षणका केन्द्र हुन् । मनोरम दृश्यसहित पदयात्राका लागि ख्याति कमाएको मुस्ताङ पदमार्गको बाहुल्यता भएको स्थान छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ र २९ गते हुन लागेको नेपालको औपचारिक भ्रमणका क्रममा २९ गते उहाँले मुक्तिनाथको दर्शन गर्ने कुराले यतिखेर यहाँ चर्चा पाएको छ । मोदीको मुक्तिनाथ दर्शन व्यवस्थित गर्न मुक्तिनाथ मन्दिर रहेको बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष छेन्तोकछेप्तेन गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ ।

“समितिले आफ्ना काम तीव्रताका साथ अघि बढाएको छ,” प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले भने । समितिको संयोजनमा अहिले सरसफाइलगायत काम भइरहेको छ । मोदीको मुक्तिनाथ दर्शनलाई लक्ष्य गरी प्रजिअ पौडेलको संयोजकत्वमा जिल्लास्थित तीनवटै सुरक्षा निकायका प्रमुख रहेको सुरक्षा समितिले सुरक्षा प्रबन्ध गरिरहेको छ । सवारी साधन आवतजावत गर्ने विभिन्न चेक पोष्टमा सुरक्षा निगरानी बढाइएको छ ।

प्रधानमन्त्री मोदी दर्शन गर्न आउने भएसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण सहयोग पुग्ने बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीको भनाइ छ । पर्यटकले स्नान गर्ने १०८ धारालाई रङरोगन गरिएको छ । मन्दिर परिसरमा सरसफाइ गरिएको छ ।प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणबाट यस क्षेत्रले विश्व पर्यटन बजारमा स्थान पाउने नेपाल–भारत मैत्री संघ मुस्ताङका अध्यक्ष गणेश शेरचन बताउछन् । “प्रधानमन्त्री मोदीको भ्रमण हाम्रा लागि गौरवको विषय हो”, उनले भने ।

जिल्ला समन्वय समितिका सभापति छिरिङल्हामु गुरुङ आफूहरू मोदीको स्वागतको तयारीमा जुटेको बताउछन् । मोदीको भ्रमणका क्रममा आउने देशी विदेशी सञ्चारकर्मीले यहाँका सुन्दर दृश्यलाई कैद गरी विश्व पर्यटन बजारमा पु¥याउने उनको विश्वास रहेको राससले समाचार दिएको छ।स्रोतकाअनुसार धार्मिक महत्वको धरोहर मुक्तिनाथ मन्दिर र सो क्षेत्रको विकासका लागि छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २ अर्ब अनुदान सहयोग घोषणा गर्ने तयारी गरिएको छ। त्यस्ता जनकपुर

गाईलाइ माता भन्नुको कारण के हो ? हेर्नुहोस धार्मिक तथा बैज्ञानिक कारणहरु [सेयर गर्न नभुल्नुहोला)

गाईलाई किन ‘आमा’को दर्जामा राखिन्छ ? यस्तो छ वैज्ञानिक महत्व
काठमाडौं – गाई पवित्र र गुणी पशु हो, हिन्दूधर्म दर्शनले गाईलाई आमाको दर्जामा राख्दै आएको छ । गाईको पूजालाई हिन्दू धर्मले विशेष महत्व दिन्छ । यस धर्तीमा प्रारम्भिक कालमा केहि प्रजातिका गाई थिए । प्राचिनसमय देखि नै अन्य पालतु पशुहरुमा गाईको तुलना महत्व धेरै नै रहदै आएको छ । लगभग ९ हजार ५ सय बर्षअघि गुरु वशिष्ठले गाईको कुल विस्तार गरेका थिए र केहि नयाँ प्रजाति समेत विकास गरेका थिए । त्यसताका गाईको ९-१० नश्ल थियो, जसको नाम कामधेनु, कपिला, देवनी, नन्दनी, भौमा आदि थियो ।

कतिसम्म भने कामधेनु गाईका निम्ति गुरु वशिष्ठदेखि विश्वमित्र सहित केहि राजाहरुले कति पटक त युद्ध नै गरेका थिए । ३३ कोटी देवता-हिन्दु धर्म अनुसार गाईमा ३३ कोटी देवताले निवास गर्छन् । कोटीको अर्थ करोड होइन, प्रकार हो । यस अनुसार गाईमा ३३ प्रकारको देवता निवास गर्छन् ।

सकारात्मक उर्जाको भण्डार- वैज्ञानिक शोधबाट थाहा भएअनुसार गाईमा जति सकारात्मक उर्जा हुन्छ, अरु प्राणीमा हुँदैन । वैज्ञानिकका अनुसार गाइ एकमात्र यस्तो प्राणी हुन्, जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् । जबकी मानिस लगायत सबै प्राणी अक्सिजन लिन्छ र कार्बनडाईअक्साइड छाड्छ । घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ ।

गाईको सूर्यकेतु नाडी-गाईको मेरुदण्डको हड्डीमा सूर्यकेतु स्नायु हानिकारक विकिरण रोकेर वातावरण स्वच्छ बनाइ राख्छ । यो पर्यावरणका लागि लाभदायक हुन्छ । साथै, सूर्यकेतु नाडी सूर्यको सम्पर्कमा अउनका लागि यहाँ स्वर्णको उत्पादन गर्छ । गाइको शरीरमा उत्पादन हुने यो सुन गाईको दुध, मुत्र र गोबरमा मिल्छ ।

गाईको वैज्ञानिक महत्व

गाईको धार्मिक तथा आर्थिक दृष्टिले मात्र महत्व छैन । केही वैज्ञानिक तथ्य पनि छन् जसले गर्दा गाईको महत्व दर्शाउछ । दुध, दही, घ्यू त गाईले भन्दा भैसीले धेरै दिन्छ तर गुणका हिसावमा गाई भन्दा राम्रो केही छैन । गाईको दूध, गाईको दुधबाट बनेको उत्पादनको तुलना अरुसँग हुनै सक्दैन ।

गाईको दुध धेरै शक्तिशाली हुने विभिन्न अनुसन्धानहरुले देखाएका छन् । गाईले अक्सिजन लिन्छ र अक्सिजन नै छाड्छ । मानिसले अक्सिजन लिन्छ र कार्वनडाइअक्साइड फाल्छ । मानिसलाई स्वास फेर्नको लागि अक्सिजनको आवश्यकता पर्छ । गौतमा यस्तो एक तत्व हुन्छ जसले हृदयरोगका लागि लाभकारी हुन्छ ।

गौ पोटेशियम, सोडियम, नाइट्रोजन, फास्फेट, यूरिया, यूरिक एसिड तथा दुध दिने समयमा हुने गौतमा लेक्टोजको मात्रा धेरै हुन्छ । जसलाई चिकित्सीय दृष्टि से लाभकारी मान्छि । हिन्दू धर्म मान्नेवाल मुख्यत नेपाल, भारत लगायतका देशमा छन् उनीहरुले गाईको विशेष पूजा गर्ने गरेका छन् ।

भारतखण्डमा २८ नश्लका गाई पान्छन् । रेड सिंधी, साहिवाल, गिर, देवनी, थारपारकर आदि दुध धेरै दिने गाईको जाती हो । आजकल विदेशी नस्ल वाला गाईको पनि प्रचलन छ । जसले धेरै दुध दिन्छ । धार्मिक रुपमा स्थानीय र पुराना नश्लवाला गाइको पूजालाई विशेष प्राथमिकता दिन्छ ।

गाईको धार्मिक एवं पौरणिक महत्व

हिन्दू धर्म दर्शन अनुसार गाईलाई माताको रुपमा पूजा यसकारण गरिन्छ कि गाईमा सवै देवता निवास गर्छन् । त्यस्तै प्रकृतिको कृपा पनि गाईको सेवा गर्नुमा नै मिल्छ । भगवान शिवका वहान नन्दी(साढे), भगवान इन्द्रसँग समस्त मनकामना पूर्ण गर्नेवाला गाई कामधेनू, भगवान श्री कृष्ण गोपाल हुनु एवं अन्य देवीको रुपमा गाईमा देख्नुले पनि गाई पूज्य बनाएको छ । भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु विराजमान हुन्छन् भने भगवान शिव मुखमा रहन्छन् ।

मध्य भागमा सवै देवीदेवताको बास हुन्छ । गाईको रौं रौमा महर्षिहरुको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गगां लगायतका पत्रिव नदी रहने धार्मिक वर्णन रहेको पाइन्छ । गाईको आँखामा सूर्य र चन्द्रमा वास गर्छन् ।

सवै मिलाएर गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिक मानिन्छ । प्रचिन समयदेखि गोदानलाई सवैभन्दा ठूलो दान मानिएको छ र गाईको हत्यालाई सवैभन्दा ठूलो महापाप । त्यसै कारण वैदिन कालबाट हिन्दू धर्म मान्नेहरुले गाईको पूजा गर्दै आइरहेका छन् ।

गाईको आर्थिक महत्व

प्राचीन कालमा त व्यक्तिको समृद्धि सम्पन्नता गाई धन वा गाईको संख्याबाट आकलन गर्ने गरिएको थियो । जो सँग जति धेरै गाईको संख्या छ उ त्यति नै धनी हुने मानिथ्यो सवै कर्मकाण्ड, संस्कारमा गाईको दानको महत्व छ । परिवारको भरणपोषण गाईमा नै निर्भर थियो । खेतमा जोत्नका लागि साढे गाइबाट प्राप्त हुन्छ, दुध, दही, घ्यू, गौत, गोबार सवै नै उपयोगी मानिन्छ ।

तर पछिल्ला समय गाई पालनमा नै कमी आएको छ । ग्रामिण क्षेत्रमा मात्र केही संख्यामा गाई पालन भइरहेको छ । केहीले भने व्यवसायीक रुपमा गाई पालन गरिरहेका छन् ।

गाई गौमुत्रको फाइदा

– गौमुत्रसर्वोत्तम औषधीको रुपमा लिइन्छ । यसको सेवनले कतिपय रोग समेत निर्मूल हुन्छ । यद्यपी स्वस्थ्य गाईको गौमुत्र सेवन गर्नुपर्छ । स्थानिय जातका गाई अझ खुला चरनमा छाडिने गाईको गौमुत्र, दुध बढी औषधिय महत्वको हुन्छ ।

– गौमुत्रमा यस्ता गुण हुन्छ, जसले क्यान्सर जस्ता रोग लाग्न दिदैन । चिकित्सा विज्ञानको अनुसार गाईको कलेजोलाई चार भागमा बाढिन्छ । यसको अन्तिम हिस्सामा एक प्रकारको एसिड हुन्छ, जो क्यान्सर रोगको जड हटाउने क्षमता राख्छ । गौमूत्र खाली पेट प्रतिदिन निश्चित मात्रामा सेवन गर्दा क्यान्सर जस्तो रोग नष्ट हुन्छ ।

– गौमुत्रमा पोटेशियम, सोडियम, नाइट्रोजन, फस्फेट, यूरिया, यूरिक एसिड हुन्छ । दुध दुइरहेको समयमा गौमुत्रमा ल्याक्टोजको मात्रा वृद्धि हुन्छ, जो हृदय रोगीको लागि फाइदाजनक मानिन्छ ।

– गाैमूत्रमा नाइट्रोजन, सल्फर, अमोनिया, कपर, फलाम, युरिक एसिड, युरिया, फस्फेट, सोडियम, कार्वोलिक एसिड, भिटामिन आदि पाइन्छ ।

– गौमुत्रमा प्रति-अक्सिकरणको क्षमताको कारण डीएनए नष्ट हुनबाट बचाउँछ । गोमूत्रबाट बनेको औषधीले क्यान्सर, उच्च रक्तचाप, आर्थराइटिस, सर्वाकल हड्डी सम्बन्धी रोगको समेत उपचार संभव हुन्छ ।

के हो हिन्दू धर्म : कुन ग्रन्थमा के लेखिएको छ ? (हेर्नुहोस रामकहानी) एक शेयर गर्नुहोस

बैशाख १७, काठमाडौँ । अधिकांश हिन्दूहरूलाई आफ्नो धर्मग्रन्थ पढ्ने फुर्सद छैन । वेद, उपनिषद त टाढाको कुरा उनीहरू गीतासम्म पनि पढ्दैनन् जब कि सरसर्ती पढ्ने हो भने यसलाई एक डेढ घन्टामै पढिसकिन्छ । जब कि कतिपय अवस्थामा मानिसहरू सात सात दिनसम्म भागवत पुराण सुन्न, रामचरितमानस तथा रामायण अखण्ड पाठ गर्न वा नवाह लगाउन समेत फुर्सद निकाल्छन् अथवा घरमा सत्यनारायण आदि पूजा तथा कथा श्रवण गर्नका लागि समय निकाल्छन् । यहाँनेर बुझनुपर्ने कुरा के छ भने पुराण, रामायण, महाभारत आदि हिन्दूहरूको धर्मग्रन्थ होइन । धर्मग्रन्थ त वेद नै हो ।

शास्त्रहरूलाई दुई भागमा बाँडिएको छ- श्रुति र स्मृति । श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दूहरूको धर्मग्रन्थ हो वा भनौं यो हिन्दूहरूको संविधान हो । स्मृतिअन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरू पर्दछन् । वेदको सार उपनिषद हो भने उपनिषदहरूको सार गीता हो ।

वेदमा के छ ?
वेदमा ब्रह्म -परमेश्वर), देवता, ब्रह्माण्ड, ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम, इतिहास, संस्कार, रीतिरिवाज आदि लगभग सबै विषयसँग सम्बन्धित ज्ञान समाहित छ । वेद चारवटा छन्- ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद । चारै वेदका उपवेद पनि छन् । ऋग्वेदको आयुर्वेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गन्धर्ववेद तथा अथर्ववेदको स्थापत्यवेद उपवेद हुन् । वेदका मन्त्रहरूलाई ऋचा भनिन्छ ।

ऋग्वेद
ऋक् को अर्थ हुन्छ- स्थिति एवं ज्ञान । यसमा भौगोलिक स्थिति एवं देवताहरूलाई आवाहन गर्ने मन्त्रहरू छन् । ऋग्वेदका ऋचाहरूमा देवताहरूको प्रार्थना, स्तुति एवं देवलोकमा उनीहरूको स्थिति वर्णन गरिएको छ । यसमा जल चिकित्सा, वायु चिकित्सा, सौर चिकित्सा, मानस चिकित्सा एवं हवनद्वारा चिकित्साका विषयमा जानकारी पाइन्छ ।

यजुर्वेद
यजु को अर्थ हुन्छ- गतिशील आकाश एवं कर्म । यजुर्वेदमा विभिन्न यज्ञ विधि एवं यज्ञहरूमा प्रयोग गरिने मन्त्रहरू छन् । यसमा तत्वज्ञान अर्थात् रहस्यमयी ज्ञानको वर्णन पनि पाइन्छ । जसअन्तर्गत ब्रह्माण्ड, आत्मा, ईश्वर एवं पदार्थको ज्ञान पर्दछन् । यो वेदका दुई शाखा शुक्ल यजुर्वेद एवं कृष्ण यजुर्वेद छन् ।

सामवेद
साम को अर्थ हुन्छ- रूपान्तरण एवं संगीत । यो वेदमा ऋग्वेदकै ऋचाहरूको संगीतमय रूप पाइनछ । यसमा सविता, अग्नि, इन्द्र आदि देवताको उल्लेख पाइन्छ । यसमा शास्त्रीय संगीत एवं नृत्यको उल्लेख गरिएको छ । यो वेदलाई संगीत शास्त्रको मूल स्रोत मानिन्छ । यसमा संगीतको विज्ञान तथा मनोविज्ञानको वर्णन पनि पाइन्छ ।

अथर्ववेद
थर्वको अर्थ कम्पन हो भने अथर्व को अर्थ हुन्छ- अकम्पन । या वेदमा रहस्यमयी विद्या, जडिबुटी, जादू तथा चमत्कार, आयुर्वेद आदिको उल्लेख पाइन्छ । यसमा भारतवषर्ीय परम्परा एवं ज्योतिषीय ज्ञान समेत पाइन्छ ।

उपनिषद् के हो ?
उपनिषद् वेदको सार अर्थात् निचोड हो । उपनिषद् भारतवर्षीय आध्यात्मिक चिन्तनको मूल आधार हो । आध्यात्मिक दर्शनको स्रोत हो । ईश्वर छ कि छैन, आत्मा छ कि छैन, ब्रह्माण्ड कस्तो छ आदि सम्पूर्ण गम्भीर विषय, तत्व ज्ञान, योग, ध्यान, समाधि तथा मोक्षको कुरा उपनिषद्मै पाइन्छ । उपनिषद्को अध्ययन गर्नु प्रत्येक हिन्दूको कर्तव्य हो । उपनिषद्को अध्ययन गर्नाले ईश्वर, आत्मा, मोक्ष एवं जगतका विषयमा वास्तविक ज्ञान प्राप्त हुन्छ ।

उपनिषद्लाई वेदान्त पनि भनिन्छ । वेदान्तको अर्थ हुन्छ- वेदको अन्तिम भाग । उपनिषद्मा तत्वज्ञानको चर्चा छ । उपनिषद्को संख्या १०८ वटा भए पनि १२ वटालाई मुख्य मानिएको छ । ती हुन्- ईशावास्योपनिषद्, केनोपनिषद्, कठोपनिषद्, प्रश्नोपनिषद्, मुण्डकोपनिषद्, माण्डूक्योपनिषद्, तैत्तिरियोपनिषद्, ऐतरेयोपनिषद्, छान्दोग्योपनिषद्, बृहदारण्यकोपनिषद्, कौषीतकि उपनिषद् तथा श्वेताश्वेतरोपनिषद् ।

षड्दर्शन के हो ?
षड्दर्शन वेदबाटै निक्लिएको हो । वेद तथा उपनिषद्हरूको अध्ययन गरेर त्यसकै आधारमा ६ जना ऋषिहरूले ६ वटा मौलिक दर्शन निर्माण गरे जुन षड्दर्शनका रूपले चिनिन्छ । षड्दर्शन हुन्- न्याय, वैशेषिक, सांख्य, योग, मीमांसा र वेदान्त । वेदका अनुसार सत्य अर्थात् ईश्वरलाई कुनै एउटा माध्यमबाट मात्र जान्न सकिँदैन । यसैकारण वेदले थुप्रै मार्ग तथा माध्यमको चर्चा गरेको पाइन्छ ।

गीतामा के छ ?
महाभारतको १८ पर्वमध्ये एक भीष्मपर्वको हिस्सा हो गीता । गीतामा पनि जम्मा १८ अध्याय नै छ । यसमा जम्मा श्लोकसंख्या ७०० छ । श्रीकृष्णले वेद तथा वेदान्तको ज्ञानलाई नयाँ तरिकाले व्यवस्थित गरेका छन् जुन गीता हो । यसकारण वेदको सर्वमान्य अर्थात् सार संस्करण हो गीता । जोसँग वेद तथा उपनिषद्को अध्ययन गर्ने समय छैन उनीहरू गीता पढेर मात्रै पनि हिन्दू धर्मको मूल मर्म बुभ\mन सक्छन् । गीतालाई बारम्बार मनोयोगपूर्वक अध्ययन गर्नाले त्यसको वास्तविक ज्ञान खुल्न थाल्दछ ।

गीतामा भक्ति, ज्ञान तथा कर्म मार्गको चर्चा गरिएको छ । यसमा यम, नियम एवं धर्मकर्मका विषयमा पनि बताइएको छ । गीताले भन्दछ- ब्रह्म -ईश्वर) एउटै मात्र छ । गीता त्यस्तो ग्रन्थ हो जसको प्रत्येक शब्दमाथि फरक फरक ग्रन्थ लेख्न सकिन्छ ।

गीतामा प्रकृति, सृष्टि, जीव विकास क्रम, हिन्दू सन्देशवाहक क्रम, मानव उत्पत्ति, योग, धर्म, कर्म, ईश्वर, भगवान्, देवी-देवता, उपासना, प्रार्थना, यम, नियम, राजनीति, युद्ध, मोक्ष, अन्तरिक्ष, आकाश, धर्ती, संस्कार, वंश, कुल, नीति, अर्थ, पूर्वजन्म, जीवन व्यवस्थापन, राष्ट्र निर्माण, आत्मा, कर्मसिद्धान्त, त्रिगुणको कल्पना, सम्पूर्ण प्राणीप्रति मैत्रीभाव आदि कुराको जानकारी पाइन्छ ।

गीता योगेश्वर श्रीकृष्णको वाणी हो । यसको प्रत्येक श्लोकमा ज्ञानरूपी प्रकाश छ, जुन प्रस्फुटित भएसँगै अज्ञानरूपी अन्धकार नष्ट हुन्छ । गीताले निर्दिष्ट गरेको मार्ग अनुसरण गर्ने व्यक्ति निश्चय पनि परमपदको अधिकारी हुन्छ ।

माथि उल्लेखित ग्रन्थहरूको ज्ञान सार
१. ईश्वर
ब्रह्म (परमात्मा, परमेश्वर) एउटै छ जसलाई कसैले सगुण -साकार) त कसैले निर्गुण -निराकार) मान्छन् । जब कि ऊ अजन्मा एवं अप्रकट छ । उसको न कोही पितामाता छन् न त कुनै पुत्र छन् । ऊ कसैको भाग्य वा कर्मलाई नियन्त्रित गर्दैन । न त कसैलाई दण्ड वा पुरस्कार नै दिन्छ । उसको न कुनै प्रारम्भ छ न त कुनै अन्त । ऊ अनादि एवं अनन्त छ । उसको उपस्थिति मात्रले नै सम्पूर्ण ब्रह्माण्ड चलायमान छ । जे जति छ सम्पूर्ण उसैबाट उत्पन्न भएर उसैमा लीन हुन्छन् । ब्रह्मलीन ।

२. ब्रह्माण्ड
यो देखिने संसार फैलँदै गइरहेको छ र अर्कोतर्फबाट यो खुम्चँदै पनि गइरहेको छ । खरबौँ सूर्य, तारा एव. धर्तीको जन्म छ भने साथमा अन्त्य पनि । जो जन्मिन्छ त्यो मर्छ । सम्पूर्ण उही ब्रह्मबाट जन्मन्छन् भने उसैमा लीन पनि हुन्छन् । ब्रह्माण्ड परिवर्तनशील छ । यो ब्रह्माण्डको सञ्चालन उसकै शक्तिका कारण स्वतः भइरहन्छ । जसरी सूर्यको आकर्षण शक्तिका कारण पृथ्वी आप\mनो कक्षमा अडिएर चलायमान छ । त्यसैगरी लाखौँ सूर्य एवं तारा एउटा महासूर्यको आकर्षणका कारण अडिएर सञ्चालित भइरहन्छन् । त्यसरी नै लाखौं महासूर्य पनि एउटा ब्रह्माको शक्तिका कारण ब्रह्माण्डमा विद्यमान छन् ।

३. आत्मा
आत्माको स्वरूप ब्रह्म -परमात्मा) कै जस्तो छ । जसरी सूर्य र बत्तीमा फरक छ त्यही फरक आत्मा र परमात्माका बीच रहेको छ । आत्मा शरीरमा रहेकै कारण शरीर सञ्चालन भइरहेको छ । जसरी सम्पूर्ण ब्रह्माण्ड, सूर्य, ग्रह, नक्षत्र आदि परमात्माको उपस्थितिका कारण सञ्चालित भइरहेका छन् ।

आत्मा न जन्मन्छ न त मर्छ । आत्माले एउटा शरीर छाडेर अर्को शरीर धारण गर्छ । आत्मा अजर एवं अमर छ । आत्मालाई प्रकृतिप्रदत्त तीन शरीर प्राप्त हुन्छन्- स्थूल, सूक्ष्म र कारण शरीर । हामीले देख्ने शरीर स्थूल शरीर हो । सूक्ष्म शरीर ध्यानमा पारंगत भइसकेका योगीहरूले मात्र देख्न सक्छन् । कारण शरीरलाई भने देख्न अत्यन्त मुस्किल छ । उक्त शरीरलाई त्यही आत्माले मात्र महसुस गर्न सक्छ जो उक्त शरीरमा रहेको हुन्छ । सम्पूर्ण प्राणी बाहिरी रूपमा वा स्थूल शरीरका कारण, नामभेदका कारण फरक देखा परे पनि आत्माका रूपमा एउटै हुन् । भित्री स्वरूप सबैको एउटै हुन्छ ।

४. स्वर्ग तथा नर्क
वेदका अनुसार पुराणमा वणिर्त स्वर्ग वा नर्कलाई गतिका नामले बुभ\mन सकिन्छ । सवर्ग र नर्क दुई फरक गति हुन् । आत्माले जब शरीर त्याग गर्छ, मुख्य रूपमा उसको दुई गति हुन्छ – गति र अगति ।

क) गति
गतिमा जीवलाई कुनै अन्य लोकमा जानुपर्छ वा उ;mे आफ्नो कर्मका कारण मोक्ष पनि प्राप्त गर्नसक्छ । गति ४ प्रकारका छन् अर्थात् यसमा ४ वटा लोक पर्छन्ः

अ) ब्रह्मलोक आ) देवलोक इ) पितृलोक र ई) नर्कलोक

जीव आफूले गरेको कर्मअनुसार यी ४ लोकमध्ये कुनै एकमा पुग्छ ।

ख) अगति
अगतिमा व्यक्तिलाई मोक्ष मिल्दैन अर्थात् उसले फेरि जन्म लिनुपर्ने हुन्छ । अगति पनि ४ प्रकारका छन् ः अ) क्षिणोदर्क आ) भूमोदर्क इ) अगति र ई) दुर्गति

क्षिणेदर्कमा जीव पुनः पुण्यात्माका रूपमा मत्र्यलोकमा जन्म लिन्छ । उसको जीवन सन्तजस्तो हुन्छ । भूमोदर्कमा उसले सुखी एवं सम्पन्नशाली जीवन प्राप्त गर्दछ । अगतिमा नीच अर्थात् पशु योनिमा जन्मन्छ भने दुर्गतिमा परेको जीव कीरा, फट्याङ्ग्राको जुनीमा पुग्छ ।

यात्राका तीन मार्ग
जब कुनै मानिस मर्छ वा आत्माले शरीर त्यागेर यात्रा प्रारम्भ गर्छ, त्यतिबेला उसलाई तीनवटा बाटो फेला पर्छ । आत्मा कुन मार्गमा अघि बढ्छ भन्ने कुरा उसको कर्ममाथि निर्भर हुन्छ । यी तीन मार्ग हुन्- अर्चि मार्ग, धूम मार्ग एवं उत्पत्ति-विनाश मार्ग । अर्चि मार्ग भएर ब्रह्मलोक तथा देवलोक पुगिन्छ । धूममार्गको यात्रामा पितृलोक पुगिन्छ भने उत्पत्ति-विनाशको मार्गबाट नर्क पुगिन्छ ।

५. धर्म एवं मोक्ष
यम एवं नियमको अर्थ बुझेर त्यसलाई पालन गर्नु नै धर्म हो । नियम नै धर्म हो । धर्म, अर्थ, काम एवं मोक्षमध्ये मानिसको अन्तिम लक्ष्य हो – मोक्ष । हिन्दू धर्मले मानिसलाई मोक्ष मार्गमा लाग्न निर्देश गरेको छ । मोक्ष के हो त ? स्थितप्रज्ञ आत्मालाई मोक्ष प्राप्त हुन्छ । आत्मा शरीर होइन भन्ने सत्यलाई अनुभव गरेर अशरीरी भइसकेपछि स्वयंको अस्तित्वबोध हुनुलाई मोक्षमार्गको प्रथम सिँढी मानिन्छ ।

६. व्रत तथा पर्व
हिन्दू धर्मका सबै व्रत तथा पर्व वा तीर्थ मोक्ष प्राप्तिकै उद्देश्यले निर्माण भएका हुन् । मोक्ष तब मात्र मिल्छ जब कुनै व्यक्तिले स्वस्थ एवं प्रसन्न भएर सुखपूर्ण जीवन व्यतीत गर्छ । व्रतले शरीर तथा मन स्वस्थ राख्छ । पर्वले मन प्रसन्न पार्छ भने तीर्थले मनमस्तिष्कमा वैराग्य तथा अध्यात्मको जन्म हुन्छ ।

मौसम तथा ग्रहनक्षत्रका गतिलाई ध्यानमा राखेर बनाइएका व्रत तथा पर्वको महत्व पनि बढी नै हुन्छ । चतुर्थी, एकादशी, प्रदोष, औंसी, पूणिर्मा, साउन महिना तथा कात्तिक महिनाको व्रत बस्नु उत्तम मानिन्छ । यी सबै व्रत नसके पूरै साउन महिनाको व्रत गर्दा पनि हुन्छ । पर्वहरूमा माघे संक्रान्ति, महाशिवरात्रि, नवरात्रि, रामनवमी, कृष्णजन्माष्टमी एवं हनुमान जन्मोत्सव मनाउनु उत्तम मानिन्छ । पर्वमा श्राद्ध तथा कुम्भ मेला मनाउनु श्रेष्ठ मानिन्छ ।

व्रत गर्नाले शरीर निरोगी हुन्छ र जीवनमा शान्ति मिल्छ । एक वर्षमा सूर्यको १२ र चन्द्रमाको १२ वटा संक्रान्ति हुन्छ । सूर्य संक्रान्तिमा उत्सव तथा चन्द्र संक्रान्तिमा व्रतको महत्व बढी छ । साउन महिनाको व्रत उत्तम हुन्छ भने हरेक महिनाको एकादशी, चतुर्दशी, चतुर्थी, पूणिर्मा तथा औंसीका साथै अधिकमासका व्रतको फरक महत्व छ । सौरमास तथा चन्द्रमासका बीच बढेका दिनलाई अधिकमास वा मलमास भनिन्छ । यो वर्ष अर्थात् विक्रम संवत २०७५ को जेठ महिनामा मलमास परेको छ । यसैगरी चतुर्मास अर्थात् साउन, भदौ, असोज र कार्तिकको व्रत पनि अत्युत्तम मानिन्छ ।

उत्सव, पर्व तथा चाडबाड सबैको अलग-अलग महतव छ । प्रत्येक ऋतु एक उत्सव हो । स्थानीय परम्परा वा संस्कृतिका कारण सिर्जित चाडपर्व तथा मेलाभन्दा वैदिक धर्मग्रन्थ, धर्मसूत्र, स्मृति एवं आचार संहिता आधारमा निर्मित चाडपर्व तथा मेलालाई उत्तम मानिन्छ । सूर्यका १२ संक्रान्तिमध्ये मकर, मेष, तुला तथा कर्कट संक्रान्ति अर्थात् माघ, वैशाख, कात्तिक तथा साउन महिनाका संक्रान्ति महत्वपूर्ण मानिन्छन् । सूर्यको उपासनाका लागि प्रसिद्ध पर्व हुन्- छठ, संक्रान्ति एवं कुम्भ मेला । सबै पर्वमध्ये माघे संक्रान्ति तथा कुम्भ मेलालाई उत्तम मानिएको छ ।

७. तीर्थ
तीर्थको यात्रा गर्नु सबैभन्दा ठूलो पुण्यकर्म हो । सनातन धर्मसँग सम्बन्धित तीर्थ यात्राले मात्र पुण्य प्राप्त हुन्छ मनोमानी हिसाबका तीर्थयात्राले हुँदैन । तीर्थहरूमा चार धाम, बार्‍ह ज्योतिर्लिङ्ग, अमरनाथ, शक्तिपीठ एवं सप्तपुरीको यात्रा शुभ मानिन्छ । अयोध्या, मथुरा, काशी र प्रयागलाई तीर्थहरूको प्रमुख केन्द्र मानिन्छ जब कि हिमालय क्षेत्र एवं कैलाश मानसरोवरलाई सर्वोच्च तीर्थ मानिएको छ । बद्रीनाथ, द्वारका, रामेश्वरम एवं जगन्नाथ पुरी चार धाम हुन् । सोमनाथ, द्वारका, महाकालेश्वर, श्रीशैल, भीमाशंकर, ॐकारेश्वर, केदारनाथ, विश्वनाथ, त्र्यम्बकेश्वर, रामेश्वरम, घृष्णेश्वर एवं बैजनाथ द्वादश ज्योतिर्लिङ्ग हुन् । काशी, मथुरा, अयोध्या, द्वारका, माया, कांची एवं अवन्ति सप्तपुरी हुन् । यी तीर्थको यात्रा गर्नुलाई धर्मसम्मत मानिएको छ ।

८. संस्कार
संस्कारहरू सोर्‍हवटा छन् जसको पालना गर्नु प्रत्येक हिन्दूको कर्तव्य हो । यी संस्कार हुन्- गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकरण, निष्क्रमण, अन्नप्राशन, चूडा, कर्णवेध, विद्यारम्भ, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह एवं अन्त्येष्टि । प्रत्येक हिन्दूले यी संस्कारको यथोक्त नियमपूर्वक पालना गर्नुपर्छ । यी संस्कारहरूलाई वैदिक नियमद्वारा सम्पन्न गर्नु नै हिन्दूको पहिचान हो ।

९. पाठ
वेद, उपनिषद् वा गीता पाठ गर्नु नसके सुन्नु प्रत्येक हिन्दूको कर्तव्य हो । उपनिषद् एवं गीताको स्वाध्ययन गरेर त्यसका विषयमा जिज्ञासुसमक्ष चर्चा गर्नु पुण्यकार्य मानिन्छ तर कुनै बहसकर्ता वा भ्रमित व्यक्तिका अगाडि वेद वचन सुनाउनु निषेध छ । प्रत्येक दिन धर्मग्रन्थको पाठ गर्नाले दैवीशक्तिको कृपा प्राप्त हुन्छ । हिजोआज विभिन्न पुराण तथा त्यसैका कथाको चलन सुरु गरिएको भए पनि वेद तथा गीता पाठ गर्नुजस्तो पुण्यकार्य अरू कुनै छैन ।

१०. धर्म, कर्म एवं सेवा
धर्म, कर्म एवं सेवा गर्नुको उद्देश्य हो- मनमस्तिष्कको शान्ति तथा मोक्षप्राप्ति । यसबाट समाज तथा राज्यको हितसमेत हुन्छ । धर्म, कर्म एवं सेवा यस्ता कार्य हुन् जसबाट परिवार, समाज, राज्य एवं स्वयंलाई लाभ मिल्छ । धर्मकर्मलाई व्रत, सेवा, दान, यज्ञ, प्रायश्चित्त आदि विभिन्न तरिकाले साधना गर्न सकिन्छ ।

आमाबाबु, छोरी तथा दिदीबहिनी, दाजुभाइ आदिलाई कुनै पनि प्रकारले सहयोग गर्नु सेवा हो । यसका साथै गुरु, अपाङ्ग, विद्यार्थी, सन्यासी, चिकित्सक एवं धर्मको रक्षा गर्ने कार्यमा लागेका व्यक्तिको सेवा गर्नुलाई पुण्यको काम मानिएको छ । यसबाहेक सबै प्राणी, पशुपक्षी आदिलाई अन्नजल दिनु, उनीहरूको जीवन रक्षाको प्रयास गर्नुलाई पनि यज्ञ अर्थात् पुण्यकर्म मानिएको छ ।

११. दान
दान गर्नाले इन्दि्रयहरूको भोगप्रतिको आशक्ति छुट्छ । मनका गाँठो फुक्छन् र मर्न सजिलो हुन्छ । परमात्माको सेवा गर्ने सबैभन्दा उत्तम उपाय दान नै हो । वेदमा तीन प्रकारका दाताको उल्लेख पाइन्छ- उत्तम, मध्यम एवं निकृष्ट । धर्मको उन्नतिस्वरूप सत्यविद्याका लागि दिइने दान उत्तम दान हो । कीर्ति वा स्वार्थप्रेरित भएर दिइने दान मध्यम हो भने वेश्यागमनका लागि, अनावश्यक एवं अयोग्य प्रशंसा गर्ने व्यक्तिलाई दिइने दान तथा पण्डालाई दिइने दान निकृष्ट मानिएको छ । पुराणमा अन्नदान, वस्त्रदान, विद्यादान, अभयदान एवं धनदानलाई श्रेष्ठ मानिएको छ जुन पुण्यकर्म पनि हो ।

१२. यज्ञ
यज्ञ पाँच प्रकारका छन्- ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, भूतयज्ञ एवं अतिथि यज्ञ । यी यज्ञ गर्नाले ऋषि ऋण, देवऋण, पितृऋण, धर्मऋण, प्रकृति ऋण एवं मातृऋण समाप्त हुन्छ । नित्य सन्ध्यावन्दन, स्वाध्याय तथा वेदपाठ गर्नु ब्रह्मयज्ञ हो । सत्संग तथा अग्निहोत्र गर्नाले देवयज्ञ सम्पन्न हुन्छ । श्राद्धकर्म पनि पितृयज्ञ हो । पिण्डदान, तर्पण एवं सन्तानोत्पत्ति गर्नाले यो यज्ञ सम्पन्न हुन्छ । सम्पूर्ण प्राणी तथा वनस्पतिप्रति करुणा एवं कर्तव्य बुझेर उनीहरू अन्न एवं जलदान दिनु भूतयज्ञ हो । यसलाई वैश्वदेव यज्ञ पनि भनिन्छ । पाहुनाको सेवा गर्नु अतिथि यज्ञ हो । साथै गुरु, अपाङ्ग, विद्यार्थी, सन्यासी, चिकित्सक एवं धर्मको रक्षा गर्ने कार्यमा लागेका व्यक्तिको सेवा गर्नु पनि अतिथि यज्ञ हो । यीबाहेक यजुर्वेदमा अग्निहोत्र, अश्वमेध, वाजपेय, सोमयज्ञ, राजसूय एवं अग्निचयनको वर्णन पाइन्छ ।

१३. मन्दिर दर्शन
प्रत्येक विहिवार मन्दिर जानुपर्छ । मन्दिर घरमा बनाउनु हुँदैन । मन्दिर गएर परिक्रमा गर्नुपर्छ । मन्दिर, तीर्थ एवं यज्ञको परिक्रमा गर्ने प्रचलन प्राचीन कालदेखि नै चलिरहेको पाइन्छ । प्रदक्षिणा गर्नु षोडशोपचार पूजाको एक अंग पनि हो । मन्दिरमा ७ पटक परिवर्तन गर्नु पर्छ भन्ने भनाइ छ । मन्दिर जानुअघि शुद्ध हुनु आवश्यक छ ।

१४. सन्ध्यावन्दन
सन्धयावन्दनलाई सन्ध्योपासना पनि भनिन्छ । मन्दिर तथा नदीमा गएर सन्धिकालमा सन्ध्यावन्दन गरिन्छ । एक दिनमा आठ सन्धि मानिएको छ । त्यसमा पनि पाँचवटा महत्वपूर्ण मानिन्छ । पाँचमध्ये पनि सूर्योदय एवं सूर्यास्त समयको सन्धि महत्वपूर्ण मानिन्छ । यो बेलामा मन्दिर एवं एकान्तमा शौच, आचमन, प्राणायाम आदि गरेपश्चात गायत्री मन्त्रद्वारा निराकार ईश्वरको प्रार्थना गरिन्छ । सन्ध्यावन्दनका चार प्रकार छन्- प्रार्थना, ध्यान, कीर्तन एवं पूजा आरती । यी चारमध्ये जसलाई जेमाथि श्रद्धा छ उसले त्यसैअनुसार गर्नसक्छ ।

१५. धर्मको सेवा
धर्मको प्रशंसा गर्नु र धर्मको बारेमा सही जानकारी फैलाउनु प्रत्येक हिन्दूको कर्तव्य हो । धर्मप्रचारका क्रममा वेद, उपनिषद एवं गीताको प्रचार गर्नु उत्तम मानिन्छ । धर्म प्रचार गर्नुअघि हिन्दू धर्मका विषयमा पढ्नु र बुभ\mनु आवश्यक हुन्छ । प्रत्येक हिन्दूले धर्म प्रचारकका रूपमा धर्मको वास्तविक ज्ञान बाँड्नु जरुरी हुन्छ । यसका लागि गेरु बस्त्र धारण गर्न वा सन्यास ग्रहण गर्नैपर्छ भन्ने पनि छैन । धर्मको प्रशंसा गर्नु र खराब वा नीच कुराहरूलाई नसुन्नु नै धर्मको साँचो सेवा हो ।

१६. मन्त्र
वेदमा धेरैथरी मन्त्रहरूको उल्लेख पाइन्छ तर जप गर्नका लागि केवल प्रणव -ॐ) एवं गायत्री मन्त्र बताइएको छ । बाँकी मन्त्र कुनै विशेष अनुष्ठान एवं धार्मिक कार्यका लागि हुन् । वेदमा गायत्री नामको छन्द छ जसमा हजारौं मन्त्र छन् तर प्रथम मन्त्रलाई मात्र गायत्री मन्त्र मानिन्छ । उक्त मन्त्र बाहेक कुनै अन्य मन्त्रको जप गर्नु समय एवं ऊर्जाको बर्बादी मात्र हो । गायत्री मन्त्रको महिमा सर्वविदित नै छ । अर्को मन्त्र हो-महामृत्युञ्जय मन्त्र । तर उक्त मन्त्रको जप तथा नियम कठिन भएकाले कुनै जानकारसँग सोधेर मात्र जप गर्नुपर्ने हुन्छ ।

१७. प्रायश्चित्त
प्राचीन कालदेखि नै हिन्दूहरूले मन्दिरमा गएर आफूबाट भएगरेका पापको प्रायश्चित्त गर्ने चलन थियो । प्रायश्चित्तका विषयमा स्मृति एवं पुराणहरूमा विस्तारपूर्वक बताइएको छ । गुरु शिष्य परम्परामा गुरुले शिष्यलाई प्रायश्चित्तका थुप्रै तरिका बताएका छन् । दुष्कर्मका लागि प्रायश्चित्त गर्नु तपस्याकै दोस्रो रूप हो । मूलतः हिन्दू धर्ममा आफूले गरेको पापको क्षमा भगवान् शिव एवं वरुणदेवसँग मानिन्छ किनभने क्षमा दिने अधिकार उनीहरूलाई मात्र छ ।

१८. दीक्षा
दीक्षाको प्रचलन वैदिक ऋषिहरूले सुरु गरेका थिए । प्राचीन कालमा पहिले शिष्य एवं ब्राह्मण बनाउनका लागि दीक्षा दिइन्थ्यो । आमाबाबुले बालकलाई शिक्षाका लागि गुरुकहाँ पठाएपछि गुरुले उसलाई दीक्षा दिन्थे । हिन्दू धर्मका अनुसार दिशाहीन जीवनलाई दिशा दिनु नै दीक्षा हो । दीक्षा एक प्रकारको प्रतिज्ञा, अनुबन्ध एवं संकल्प हो । दीक्षा प्राप्त गरिसकेपछि मानिस द्विज बन्दछ । द्विजको अर्थ हो दोस्रो जन्म । दोस्रो व्यक्तित्व ।

यसैलाई पछि अन्य विभिन्न धर्मसम्प्रदायले पनि अँगाले र पछि पछि त दीक्षालाई धर्म परिवर्तनका लागि समेत प्रयोग गराउन थालियो । यो क्रम अहिलेसम्म चलिरहेको पाइन्छ । अनलाईनखबरबाट साभार

मोदी नेपाल भ्रमण आउदै छन् : यदि भारतले बिर्सेको भए नाकाबन्दी सम्झाउन देखाउनु पर्ने भिडियो सक्दो शेयर गर्नुहोस (भिडियो)

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने भ्रमणमा आउँदैछन् । उनको भ्रमणलाई लिएर आम नेपालीहरु खुसि देखिएका छैनन् त्यसैले सामाजिक संजालमा अहिले मोदीको चर्को आलोचना भैरहेको छ । मोदी तिनै प्रधानमन्त्री हुन् जसको कार्यकालमा नेपालीले पाँच महिने नाकाबन्दीको सामना परेको थियो जुन पिडा नेपालीले भुल्न सकेका छैनन् ।

भारतले आधिकारिक रुपमा नाकाबन्दी गरेको भनेर कहिल्यै पनि भनेन। तर नभन्दैमा साँचो कुरा लुक्ने हैन। नाकाबन्दीमा भोगेको दुःखकै कारण एउटा पुस्ता नै एन्टी इन्डियन बनेको तथ्य अब भारतले बुझ्दैछ। पेट्रोल लिन लामो लाइन बस्नु परेको, ग्यास नपाएर खाना पकाउन नसकेर हैरान भएको, सवारी साधन नचलेर पैदल हिँड्नु परेको…आदि दुःख यति सजिलै बिर्सिन सकिने कुरा पनि हैन। त्यसैले पहिलो पटक नेपाल आउँदा देउतै जस्तो गरी स्वागत र वाहवाह भए पनि तेस्रो पटक नेपाल आउँदा नाकाबन्दीको स्मरणले नेपालीलाई कम्तिमा साइबर विरोधमा उत्रन बाध्य बनाएको छ। यदि भारतले नाकाबन्दी भएको होइन भनेर भन्छ भने उनीहरुलाई यो भिडियो देखाउनु पर्छ।

भिडियोमा भारतको संसदमा त्यहाँका विदेशमन्त्री सुष्मा स्वराज यो नाकाबन्दी पहिलो हैन भन्दै आफ्नो सरकारले गरेको नाकाबन्दीको बचाउ गर्दैछिन्।

हुन पनि उनले भनेको साँचो हो। नेपालले अहिलेसम्म तीन पटक भारतबाट नाकाबन्दी खेपिसक्यो। बाँकि तल भिडियोमा हेर्नुहोस