नेपाली कलाक्षेत्रमा हिरो, हिरोइन, मोडल, गायकगायिका सधैँ चर्चामा रहन्छन् । यिनका व्यस्तता, बेलाबोलमा बाहिर आउने प्रेमसम्बन्ध र काम समेत चर्चाको बिषय बन्ने गर्दछ । यिनका तुलनामा बालकलाकारको भने जति राम्रो काम गरेपनि, जुनै किर्तिमान कायम गरेपनि चर्चा भने भएको पाइँदैन । विश्वकिर्तिमान बनाउने देखि युट्युबमा भाइरल हुने ७ बालकलाकार आजको चर्चाको बिषय हो ।

सौगात बिष्ट 
सौगात अहिलेसम्मकै विश्वका कान्छा निर्देशक हुन् । उनले करिब २ वर्ष अगाडि ‘लभ यू बाबा’ चलचित्र निर्देशक गरेर वल्र्ड रेकर्ड बनाएका थिए । उनले ८ वर्षको उमेर यो चलचित्र निर्देशन गरेका थिए । पहिलो चलचित्रबाट ‘गिनिज वल्र्ड रेकर्ड’ राख्न सफल उनलाई यो सफलताका कारण देशका सानादेखि प्रतिष्ठित संघ संस्थासम्मले सम्मान दिएका छन् । उनी निर्देशित ‘लभ यु बाबा’ले व्यावसायिक रेकर्ड बनाउन नसकेपनि दर्शक तथा समिक्षक रुझाउन भने सफल भएको थियो । बाबु छोरी बीचको प्रेम देखाउन खोजेको यो चलचित्र पछि सौगातले ‘हैरान’ बनाए । केही पहिले प्रदर्शनमा आएको ‘हैरान’मा सामायिक बिवाय उठाइएको थियो । यसले लगानी सुरक्षित गरेको निर्माण युनिटको भनाई रहेको छ । अहिले ११ वर्ष पुगेका सौगात ६ कक्षा अध्यायनरत छन् ।

अनुभव रेग्मी 
‘नाई न भन्नु ल २’ अभिनयबाट दर्शकको नोटिसमा परेका अनुभव रेग्मी नेपालकै सबैभन्दा चर्चित बालकलाकार हुन् । उनी अहिले हिरो समेत भएका छन् । ‘नाई न भन्नु ल’को पाँचौ सिक्वेलमा आएर उनी हिरोको रुपमा देखिन लागेका हुन् । चलचित्र ८ भदौबाट प्रदर्शनमा आउँदैछ । अनुभवले ‘नाई न भन्नु ल’को तेस्रो र चौथो सिक्ेलमा पनि काम गरेका थिए । चलचित्र ‘भिसा गर्ल’बाट अभिनय यात्रा प्रारम्भ गरेका अनुभवको क्रेज कुनै स्टारभन्दा कम छैन । उनको अभिनयको प्रशंसा के बालक, के बृद्धा, के युवा सबैले गर्ने गरेका छन् । ‘ए मेरो हजुर २’, ‘रिदम’, ‘काली’, र ‘लुटेरा’ मा पनि उनको अभिनय रहेको थियो । २०६४ सालमा जन्मिएका उनी अहिले ११ बर्षका पुगे ।

एन्जल राई 

एन्जल चलचित्र क्षेत्रमा सानी परी भनेर चिनिने गर्दछिन् । केही पहिले प्रदर्शनमा आएको चलचित्र ‘हैरान’मा सडक बालिका ‘प्रियासा’को भूमिका निर्वाह गरेकी उनले यो भूमिकाबाट दर्शक तथा समिक्षक दुबैको ताली र तारिफ बटुलेकी थिइन् । भर्खर १० बर्षमा टेकेकी एन्जलले ९ चलचित्र, केही डकुमेन्ट्री र म्युजिक भिडियो समेत अभिनय गरिसकेकी छन् । ‘हैरान’ अगाडि उनको ‘जोनी जेन्टलम्यान’ आएको थियो । ‘फेरि फेरि’लगायत केही चलचित्र प्रदर्शनमा आउँन बाँकी छन् । चर्चित अभिनेता अनमोल केसीको ‘क्याप्टेन’ र अर्काे ‘यात्रा’ ः अ म्युजिकल ब्लग’ उनले भर्खर अभिनय सकाएको चलचित्र हो । ६ वर्षकको उमेरमा ‘ड्याडी आई लभ यू’ गीतको भिडियो मोडलिङ गरेर अभिनय थालेकी उनीसँग दुई हलिउड चलचित्र अभिनय अनुभव पनि छ । अभिनय र मोडलिङमा रुचि भएकी उनको भविष्यमा सफल हिरोइन बन्ने लक्ष्य छ । उनी अहिले ५ कक्षामा अध्ययनरत छिन् ।

कुशाग्र भट्टराई 

तीन वर्षकै उमेरमा पशुपति बिस्कुटको टिभिसीमा मोडलिङ गर्दै अभिनय क्षेत्रमा उत्रिएका कुशाग्र भट्टराई अहिले ९ बर्ष पुगेका छन् । कलाकारिताको ६ बर्षको अवधिमा उनले दर्जनौं टेलिभिजन तथा पेपर एडमा समेत मोडलिङ गरिसकेका छन् । आधा दर्जनबढि म्युजिक भिडियोमा अभिनय गरिसकेका उनले गोपालचन्द्र लामिछाने छोटो चलचित्र ‘ओह माइ म्यान’ बाट चलचित्र डेब्यु गरेका हुन् । उक्त चलचित्रमा उत्कृष्ट अभिनय गरेपछि निर्देशक लामिछानेले उनलाई आफ्नै निर्देशनमा बनेको चलचित्र ‘लम्फू’ मा अनुबन्ध गरेका थिए । यसको अलवा उनले निखिल उप्रेतीको ‘पि“जडा ब्याक अगेन’मा पनि काम गरेका थिए । वर्ष २०७४ मा प्रदर्शन भएको यो चलचित्रबाट उनले डि सिने एवार्ड–२०७५ समेत थापे । गत बैशाखमा प्दर्शनमा आएको ‘कोहलपुर एक्सप्रेस’मा समेत देखिएका उनील केकी अधिकारी, बुद्धि तामाङ, प्रियंका कार्की, बिनोद न्यौपानेसग समेत स्क्रिन शेयर गरिसकेका छन् । शान्तिनगर स्थित बेबिलोन नेशनल स्कूलमा कक्ष्ाँ ४ मा अध्ययनरत कुशाग्रले झण्डै एक दर्जन जति ¥याम्प फेसन शोमा समेत क्याटवाक गरेका छन् । चलचित्रको छायाँकनको क्रममा नेपालगञ्ज, कोहलपुर, पर्वत, पाल्पा, बुटबल लगायत क्षेत्रको भ्रमण गरिसकेका कुशाग्रलाई यतिबेला झण्डै आधा दर्जन चलचित्रबाट अभिनयका लागि प्रस्ताव आएको परिवारले जनाएका छन् । दसैंअघि नै छायाँंकन हुने केही चलचित्रमा आफ्नो भूमिका प्रभावकारी रहेको भट्टराईको भनाइ छ ।  कोटेश्वर, काठमाडौं निवासी कुशाग्र पत्रकार कृष्ण भट्टराईका छोरा हुन् ।

आयुव सेन 

आयुव यसै बर्षबाट अभिनयमा देखिएका बालक हुन् । उनले अभिनय गरेको चलचित्र ‘मेरी मामु’ १५ भदौबाट प्रदर्शनमा आउँदैछ । तर उनी अहिले नै दर्शकको नोटिसमा पर्न सफल भएका छन् । केही पहिले उनी अभिनित ‘मेरी मामु’को एक गीत सार्वजनिक भएको थियो । उक्त गीतमा उनले गरेको अभिनयको धेरैले खुलेरै तारिफ गरेका छन् । ६ वर्षीया बालक आयूब यो ‘मेरी मामु’ चलचित्रको मुख्य हिरो नै हुन् । ‘आमा र छोरा बिचको प्रेमकथामा’ चलचित्र बनेको छ । अनामनगरस्थित मण्डला थिएटरमा केही महिनाको प्रशिक्षण सहित अभिनयमा होमिएका आयुब ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’, ‘प्रेम गीत २’ निर्माता सन्तोस सेनका छोरा हुन् । सन्तोशले आसुसेन फिल्मस्को ब्यानरमा उनलाई डेब्यु गराएका हुन् ।

अशोक दर्जी 

झापाको सडकमा गीत गाउँदै हिड्दाको एक भिडियो युट्युवमा आएपछि भाइरल भएका अशोक दर्जी नेपाली कलाक्षेत्रको पछिल्लो समयका सबैभन्दा बढी हिट बालकलाकार हुन् । उनको चर्चा अहिले देश तथा बिदेशमा हुने गरेको छ । फेसवुक, ट्वीटर र युट्युवहरुमा भाइरल बन्न सफल उनले हालै ‘मन बिनाको धन ठूलो, कि धन बिनाको मन’बोलको गीत गाए । उनको यो गीत पनि देश तथा बिदेशमा मन पराइएको छ । युट्यवमा भाइरल भएपछि संगीतकार टंक बुढाथोकीले उनलाई काठमाडौँ ल्याएका थिए । छोटो समयमै थुपै स्वदेशी र केही बिदेशी कार्यक्रम अफर पाएका दर्जीको चर्चासँगै जीवनमा पनि परिवर्तन आएके छ । राम्रोसँग दैनिक हातमुख जोर्न आमाबुबाबाट असम्भव भएपछि गीत गाउँदै बटुवाले दिने रकम संकल गर्दै हिडेका असोकको नाममा उनको घर बनाउनेदेखि अध्यायन गराउने सम्म अभिनयान अहिले चलेका छन् ।

प्रेम परियार 

करिब ७ बर्ष अगाडि कलाकार शिशिर राणा काठमाडौँबाट पोखरा जाँदै थिए । मलेखुस्थित एउटा होटलमा खाजा खान ओर्लदा सानो बालकले सुमधुर स्वरमा गीत गाएको देखेर प्रभावित बने । दोस्रोपटक शिशिरले संगीतकार महेश खड्कालाई उनको घरसम्मै लिएर पुगे । त्यहाँ ती बालकको स्वरलाई अनौपचारिक जाँच गराए । संगीतकार महेश खड्का पनि प्रभावित बने । अन्ततः ती बालकलाई रेडियो नेपालको सिंहदरबारस्थित स्टुडियोसम्म ल्याइयो र गीत गाउन लगाइयो । प्रेम परियार तिनै बालक थिए । जो यो समय सर्वाधिक चर्चामा रहन पुगे । सडकमा दैनिक ओहोर–दोहोर गर्ने सयौँ यात्रुहरुलाई गीत सुनाउने उनले  चलचित्र ‘नभन्नु ल २’मा ‘यी आँखामा तिमी छ्यौ’, ‘मान्छे नमर्ने शहर हुँदैन’ गाए । जुन गीत सर्वाधिक हिट भयो । गीतकै कारण चलचित्रले समेत ब्यवसाय गर्यो । ‘नाइ नभन्नु ल–२’ मा शीर्ष गीत गाएर तहल्का मच्चाएका प्रेमले हङकङ, कोरिया, कतार र अष्ट्रेलिया लगायत थुप्रै देश चारिसकेका छन् । सुरिलो आवाजले मन्त्रमुग्ध पार्ने उनले अहिलेसम्म करिब दुई दर्जन बढि गीत गाइसकेका छन् । एकाएक राष्ट्रियस्तरमा चिनिएका प्रेम सो समय वयष्क गायकका लागि पनि चुनौतीका पात्र समेत बनेका थिए । प्रेम अहिले भने गुमनाम छन् । 

Tags :

क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा १ भदौंमा ‘जोजोलोप्पा फेशन रनवे २०१८’ हुने भएको छ ।  नायिका सञ्चिता लुँईटेल र मोडल तथा कोरियोग्राफर जयन सुब्बा मानन्धर शोस्टपर्सको रुपमा रहने फेसन शोमा एक दर्जनभन्दा बढी मोडलहरु र्याम्पमा उत्रने छन् । डिजाइनर प्रतिमा मर्हजनका डिजाइनहरुमा मोडलले र्याम्प प्रस्तुत गर्नेछन् ।

चर्चित कलाकारको सांगितिक प्रस्तुति पनि रहेन शोमा गायिका तथा मोडल रमिता भण्डारीको कोरियोग्राफी रहनेछ । ललितपुरको इन्द्रेणी ब्याक्वेटमा हुने शोबाट उठेको रकम नेपालमा रहेका स्कुल जानबाट बञ्चित बालबालिकाहरुलाई खर्च गरिने क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष रत्न राईले बताए । 

Tags :

 

सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी निकटसहित १४ मजदूर संगठनहरुले नयाँ आन्दोनलका कार्यक्रम घोषणा गरेका छन् ।  संयुक्त ट्रेड युनियन संघर्ष समितिले आधारभूत पारिश्रमिक २२ हजार तोक्न माग पनि गरेका छन् ।

शुक्रबार काठमाडौमा संयुक्त पत्रकार सम्मेलन गर्दै मजदूर संगठनहरुले साउन १५ गतेको निर्णय खारेज गर्नुपर्ने आफ्नो मागलाई सरकारले बेवास्ता गरेको गुनासो गरे । उनीहरुले सरकारले आफ्ना मागप्रति वेवास्ता गरेकाले संघर्षका नयाँ कार्यक्रम घोषणा गरेको बताए ।

यसअघि सरकारले मजदूरहरुको न्यूनतम पारिश्रमिक १३ हजार ४५ रुपैयाँ तोकेको थियो । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा आन्दोलनमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघका महासचिव रामेश्वर श्रेष्ठ, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका महासचिव खगेन्द्र प्याकुरेल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष चिरागमानसिंह कुँवर, राष्ट्रिय (हाल समाजवादी) लोकतान्त्रिक ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष नवराज दहाल,.मधेसी ट्रेड युनियन महासंघका अध्यक्ष पल्टन ठाकुर, नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्रका अध्यक्ष इन्द्रदेव मिश्रको हस्ताक्षर छ ।

त्यस्तै, राष्ट्रिय कर्मचारी महासंघ नेपाल, अध्यक्ष गोपालसिंह धामी, नेपाल समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङ, नेपाल ट्रेड युनियन फेडरेशन, अध्यक्ष मधु बिसी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सेना, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका अध्यक्ष केदार गिरी, अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष नारायण सापकोटा, क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष राजन तिमिल्सेना र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष अमर झाक्रीले पनि हस्ताक्षर गरेका छन् ।

Tags :

सिधा प्रश्न कार्यक्रम बन्द गर्ने संचारमन्त्रिलाई बोलाएर सिधा कुरा गर्दै रबि लामिछाने (भिडियो हेर्नुहोस)

Tags :

एजेन्सी । विश्व फुटबलको महासंग्राम रुस विश्वकप २०१८ को उद्घाटन खेलमा आयोजक रुसले सुरुवाती अग्रता लिएको छ ।

रुसले साउदी अरबविरुद्ध एक गोल गरेको हो । खेलको १२ मिनेटमा रुसले गोल गरेको हो । अलेसान्ड्र गोलोभिनको क्रसमा लरी गाजन्सकीले हेडरमार्फत आकर्षक गोल गरेका हुन् ।

पहिलो हाफ जारी छ । साउदी अरब खेलमा फर्कने प्रयास गरिरहेको छ । रुस विश्व वरियतामा साउदीभन्दा कमजोर टोली भएपनि आयोजक राष्ट्रले अहिलेसम्म उद्घाटन खेलमा हारेको इतिहास छैन् ।

Tags :

फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटनमा खेलमा आयोजक रुस र साउदी अरेबिया आमनेसामने हुँदैछन् ।

रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा आज राति नेपाली समयअनुसार ८ः१५ बजे उद्घाटन हुनेछ भने ८ः४५ बजे विजयी लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रदैँछन् । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किेछन् ।

त्यस्तै विश्वकपको इतिहास हेर्दा अहिलेसम्म कुनै पनि आयोजक राष्ट्र उद्घाटन खेलमा हारेको अभिलेख छैन । सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा तत्कालीन सोभियत संघले उद्घाटन खेल खेलेको थियो जसमा खेल बराबरीमा टुङ्गिएको थियो । त्यस्तै सोभियत सङ्घले सन् १९६६ को विश्वकपमा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो । यता साउदी अरबले भने सन् २०१० र २०१४ मा विश्वकपमा खेल्न पाएको थियो भने सन् १९९४ को विश्वकपमा प्रिक्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो ।

Tags :

इजिप्टका प्रशिक्षक हेक्टर कुपरले फरवार्ड मोहम्मद सलाह फिट भएको र उरुग्वेविरुद्धको खेलमा मैदान उत्रने बताएका छन् ।

‘उनी पहिलो खेलमै खेल्न सक्छन् भन्नेमा म लगभग विश्वस्त छु । केही अप्रत्याशित परिस्थिति आएन भने उनी उरुग्वेविरुद्ध खेल्ने छन्’ कुपरले भने, ‘सलाहले निकै राम्रो गर्ने छन् । जटिल समस्या पनि निकै छिटो गरेर ठीक भयो ।’

आफूहरुले सलाह मानसिक रुपमा पनि तयार रहुन् भन्ने वातावरण बनाइरहेको कुपरले बताए ।

सलाह रसिया जानुअघि टिमको अभ्यासमा पनि सामेल भएका थिए । च्याम्पियन्स लिगको फाइनलमा घाइते भएपछि उनी विश्वकपसम्म ठीक हुने नहुने अन्योल बढेको थियो ।

इजिप्ट विश्वकपको समूह ‘ए’ मा साउदी अरेबिया, इजिप्ट र उरुग्वेसँगै रहेको छ । सलाह र्फममा फर्किए अर्को चरणमा जाने इजिप्टको सम्भावना बलियो हुने छ ।

किभमा गत महिना भएको च्याम्पियन्स लिगको फाइनल खेलमा रियल मडि्रडका डिफेन्डर रामोसले लिभरपुलका सलाहलाई ट्रयाकल गरेर लडाएका थिए । त्यसक्रममा उनको हात लक भएर चोट लागेपछि आखाभर आँशु पार्दै मैदान छाड्नु परेको थियो ।

Tags :

ज्योतिष शास्त्रअनुसार २०७५ साल जेठ २ गतेबाट मलमास सुरु भएको छ । मासको अर्थ महिना हो । खासमा यसको नाम मलमास नभएर अधिक मास हो । यसलाई पुरुषोत्तम मास पनि भनिन्छ । पञ्चांग गणनाको सूर्यमानअनुसार वर्षमा ३६५दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि ‘अधिक मास’को व्यवस्था गरिएको पाइन्छ ।

अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ । अधिका मासको निर्णय सूर्य सङ्क्रान्तिको आधारमा गरिन्छ । जुन महिनामा सूर्य सङ्क्रान्ति हुँदैन त्यसलाई अधिक मास भनिन्छ ।

यो वर्ष जेठ महिनामा अधि मास परेकाले दुईवटा जेठ महिना हुन्छ । सूर्य पञ्चांगलाई हेर्दा जेठ २ गतेदखि ३० गतेसम्म अधिक मास पर्छ ।

पौराणिक कथन

प्रत्येक राशि, नक्षत्र, करण, महिना आदिका स्वामी छन् तर अधिक मास अर्थात् मल मासको स्वामी छैनन् । यसकारण अधिक मासमा सम्पूर्ण शुभ कार्य, देव कार्य एवं पितृ कार्य वर्जित मानिएको छ । यद्यपि, पुराणमा अधिक मास पुरुषोत्तम मास ब कसरी बन्न पुग्यो भन्ने रोचक कथा दिइएको छ ।

कथाअनुसार स्वामी अर्थात् मालिक नभएका कारण अधिक मासलाई सबैले मल मास भन्न थाले । यसबाट मल मासको निन्दा हुन थाल्यो । यो कुराबाट दुःखी भएको मल मास भगवान् विष्णुकहाँ पुग्यो र आफ्नाे दुःख बिसायो ।

भक्तवत्सल श्रीविष्णुले उसलाई गोलोक लिएर गए । गोलोकमा भगवान् कृष्ण विराजमान थिए । दयासागर श्रीकृष्णले मलमासको व्यथा बुझेर उसलाई सान्त्वना दिँदै भने– ‘अबदेखि म तिम्रो स्वामी भएँ । यसबाट मेरा सबै दिव्य गुण तिमीमा समाविष्ट हुनेछन् । म ब्रह्माण्डमा पुरुषेत्तमका नामले प्रसिद्ध छु तसर्थ आजदेखि तिम्रो नाम पनि पुरुषोत्तम हुनेछ । आजदेखि तिमी मल मास नभएर पुरुषोत्तम मासका नामले चिनिनेछौ । यसका साथै तीन तीन वर्षमा हुने तिम्रो आगमनमा जसले श्रद्धाभक्तिपूर्वक राम्रा काम गर्छन् ती व्यक्तिलाई अन्य समयमा गरेको उति नै अनुपातको कर्मबाट भन्दा बढी पुण्य प्राप्त हुनेछ ।’

यसरी भगवानले अधिक वा मल मासलाई पुरुषोत्तम मास बनाएर धर्मकर्मका लागि उपयोगी बनाइदिए । यो दुर्लभ महिनामा जसले स्नान, पूजाआराधना, यज्ञअनुष्ठान एवं दानधर्म गर्छ उसले अत्यधिक पुण्य प्राप्त गर्दछ ।

यसकारण हिन्दू धर्मशास्त्रहरूमा अधिक मासलाई निकै पवित्र मानिएको छ । भगवान् कृष्ण अर्थात् विष्णुको महिना भएकाले यो महिनामा गरिने व्रत पारायण, पवित्र नदीस्नान एवं तीर्थयात्राबाट सा¥है ठूलो पुण्य प्राप्त हुने कुरा शास्त्रहरूमा बताइएको छ ।

हामीकहाँ लौकिक रूपमा नव विवाहित दम्पतीले मलमास छल्नुपर्ने भएकाले दुलही माइत गएर बस्ने प्रचलन छ । विशेष गरी यो महिनामा यौनसम्पर्क राख्नु वर्जित मानिएकाले यस्तो नियम लगाइएको हुनसक्छ ।

मलमासमा गर्न नहुने भनिएका थुप्रै कुरा छन्ः तीमध्ये केही निम्नानुसार छन्

–अधिकमास लाग्नुअघि नगएका तीर्थमा यस महिनामा पहिलो पटक जान र दर्शन नगरेका देवताको दर्शन गर्नु शुभ मानिँदैन । –मलमासमा मन्दिर निर्माण गर्न तथा कुनै देवीदेवताको प्राणप्रतिष्ठा गर्न पनि शास्त्रीय निषेध छ । –विशेष कामनाले गरिने एकाह, सप्ताह, नवाह, लक्षहोम, कोटिहोम, श्रौतयाग, स्मार्तयागजस्ता कर्म अधिकमासमा गर्नु हुँदैन भनिएको छ । यद्यपि पुरुषोत्तम महात्म्य लगाउने भनेकै यही महिनामा हो र यसबाट मोक्षसम्म मिल्नसक्ने बताइएको छ ।

–गृहारम्भ, गृहप्रवेश, लाखबत्ती प्रज्वलन, पुराण श्रवणलगायत कुनै कामना राखेर गरिने काम गर्नु हुँदैन । यद्यपि निष्काम भावले गरिने यस्ता कर्म गर्न कुनै बाधा छैन । यसबाट झन् ठूलो पुण्य आर्जन हुने कुरा बताइएको छ ।

नव दम्पतीले के गर्नु हुँदैन मल मासमा ? –विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नीबीच यौनसम्पर्क भए पतिको आयु क्षीण हुन्छ । यसको अर्थ पुराना दमपतीलाई चाहिँ छुट छ भनिएको होइन । –यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुन्छ । –

Tags :

भुलेर पनि नगर्नुहोस यी २ स्त्रीको अपमान, अन्यथा जीवनभर कंगाल रहनुहुनेछ !!!

धेरै पटक मानिसहरुले तमाम कोसिस गर्दा पनि आफ्नो जीवनमा सफलता हासिल गर्न सक्दैनन। वास्तवमा यस्ता व्यक्तिहरुले कही न कही आफ्नो जीवनमा अन्जानमा यस्ता गल्तीहरु गरेका हुन्छन, जसको कारण उनीहरु पछुताउनु पर्ने हुन्छ। हिन्दु धर्म ग्रन्थमा दुई प्रकारका स्त्रीहरुले वरदान प्राप्त गर्ने कुरा उल्लेख गरिएको छ, जुन अनुसार यदि कुनै व्यक्तिले उनीहरुलाई नराम्रो नजरले हेर्यो भन्यो जीवनमा असफलता हात पार्ने देखिन्छ। त्यस व्यक्ति हमेसा समस्याहरुले घेरिएर रहन्छ।

१. पराई स्त्री: पराई स्त्रीको सम्बन्धमा हाम्रो पुराणमा एक कथा उल्लेख गरिएको छ , जसको अनुसार कहिल्यै पनि पराई स्त्रीलाई नराम्रो नजरले हेर्नुहुदैन। उक्त पौराणिक कथा अनुसार, राक्षस कम्भालाई शिवजीको वरदान प्राप्त हुन्छ, जुन प्राप्त भएपछि कम्भा राक्षसले इन्द्रलाई पराजित गरी उनको सिंहासन खोसे। उदास भई इन्द्र दत्तात्रेय भएको ठाउँमा पुगे, तब उनले राक्षस कम्भालाई आफु भएको ठाउँमा बोलाए।

जब राक्षस कम्भा त्यहाँ पुगे तब त्यहाँ देवी लक्ष्मी पनि विराजमान थिईन। कम्भा देवी लक्ष्मीको सुन्दरतामा मोहित भई उनलाई कैद गरे। त्यस पछि विष्णु क्रोधित भई इन्द्रलाई राक्षसलाई मारेर देवी लक्ष्मीलाई फिर्ता ल्याउन आदेश दिए। तब राक्षसले शिवजीको वरदान भएको घमण्ड गरे। त्यस समय भगवान विष्णुले भने कि जसले पराई स्त्रीको अपमान गर्छ , उसको सारा पुण्य काम नष्ट हुन्छ। पराई स्त्रीमा खराब नजर राख्ने वाला पनि पापको भागी हुन्छ।

२. विधवा स्त्री: जस्तो पराई स्त्रीमा नराम्रो नजर राख्ने व्यक्ति पापको भागी हुन्छ त्यसरी नै विधवा स्त्रीमा गिद्दे दृष्टि लगाउने वाला पनि पापको भागी हुन्छ। यस्तो व्यक्तिले हरेक ठाउँमा विफलताको सामना गर्नु पर्छ , त्यसैले भूलेर पनि विधवा स्त्रीमा खराब नजर नराख्नुहोला।

Tags :